• Yakthung Knowledge Festival -2019 (first day)
  • बलिहाङ तङनाम २०७५ मा लारिङ्गेक, नाम्लिङ्गेक कार्यक्रम
  • युवा मञ्चको आयोजनामा ताप्लेजुङमा अन्तरक्रिया कार्यक्रम
  • विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रम ।
  • प्रदेशको नामाङ्करण गर्दा ‘लिम्बुवान’ नछुटोस् : याक्थुङ युवा मञ्च
  • लिम्बू युवाहरुलाई लोक सेवामा प्रवेशको लागि अभिमुखिकरण सम्पन्न

Introduction

‘याक्थुङ युवा मञ्च’ आदिवासी लिम्बू युवाहरुको सामाजिक संस्था हो । लिम्बू युवाहरुको बीचमा भावनात्मक एकता र पारस्पारिक सद्भाव, समन्वय, सहयोग तथा मैत्रीपूर्ण समझदारी कायम राख्दै न्याय, समानता, स्वाधिनता, पहिचान, अस्तित्वको सवालमा युवा क्षेत्रबाट वकालत गर्ने सङ्गठित एक सामाजिक संस्था हो ।
यस संस्थाले मुख्य गरी सशक्तिकरण र जनचेतना अभिवृद्धि सम्बन्धि विविद्य कार्यक्रमको माध्यमद्वारा युवाहरुको क्षेत्रमा पहुँच निर्माणको सवालमा जोड दिएको छ । समाजको युवालाई राज्यको हरेक निकायहरुमा पुग्न योग्य, सक्षम युवाहरु निर्माण गर्न प्रतिबद्ध छ । यसको लागि चेतना अभिवद्धि साथै क्षमता अभिवृद्धि सम्बन्धि विविध कार्यक्रमहरु गर्दै आएको र निरन्तर गरिरहेको छ ।
नीतिगत रुपमा लोक सेवा, शिक्षा सेवा, सेना, प्रहरी लगायतको सरकारी निकायहरुमा युवाहरु सहभागीता बढाउने कार्यमा सक्रिया भूमिका निर्वाह गर्नेछ । साथै युवाहरुलाई आर्थिक, सामाजिक क्षेत्रमा अग्रसरता तुल्याउन शिक्षा, रोजगारी, स्वरोजगार कार्यक्रमहरु जोडर अभ्यास यस संस्थाले गर्नेछ । सामाजमा प्रतिस्पर्धा योग्य, सामाजिक सांस्कृतिक सुसभ्य, अनुशासित युवा जमातको निर्माण र साङ्गठनिक पद्धतिमा अगाडि बढ्ने सङ्गठनको परिचय निर्माण गर्न संस्था अग्रसर हुनेछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक देश नेपालमा युवाहरुको हकहित तथा अधिकारको संरक्षण र सम्वद्र्धन सँगसँगै समुदायमा संस्थागत समाजको जिम्मेवार पात्र युवाहरु भएको हैसियतले आफ्नो समुदायको भाषा, लिपि, साहित्य, धर्म, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति संस्थागत रुपमा सक्रियताका साथ सहभागिता जनाउनेछ । अधिकार प्राप्ती र पहिचान जस्ता राजनीतिक अधिकार पक्षमा विभिन्न कामहरु गर्ने, लिम्बुवान भूमिको ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु ती सम्पदा संरक्षणमा जोड दिनेछ । यस्तै संस्कार र संस्कृतिहरु विषयमा युवा पुस्तालाई पुस्तान्तर गर्ने विभिन्न कार्यक्रम मार्फत क्रियाशिल रहेको छ ।०

Videos

More

Article/Blog

More

President/ general secretary

Shusan Hukpa Chongbang

President

Manesh Angbo

General Secretary

Our Supporters

More

Branch Committee

More

Publication

More
  • Yensa Lam (smarika) 2077

    याक्थुङ युवा मञ्च, केन्द्रीय समितिले प्रत्येक महाधिवेशनमा प्रकाशन गर्न...

  • Yakthung Voice

    ‘याक्थुङ आवाज’ याक्थुङ युवा मञ्च, केन्द्रीय समितिले प्रकाशन गर्ने चौमा...