फाल्गनु ११, ललितपुर । लिम्बू युवाहरुको सामाजिक साझा सङ्गठन याक्थुङ युवा मञ्चक, ललितपुर जिल्लाको तदर्थ समितिमा अरुना आङबुहाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
याक्थुङ युवा मञ्चको केन्द्रीय कार्यालय रहेको चुम्लुङहिम ललितपुरमा आज फाल्गुन ११ गते बुधवार आयोजित भेलाले सो कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष राजन यक्सो, सचिव अबजीत तुम्सा, सहसचिव विश्वप थोप्रा, कोषाध्यक्ष मिनर्ड योङहाङ, सदस्यहरु पूर्ण योङहाङ, रोशन लिम्बू, सुसन लिम्बू र सञ्जोक पोमू रहेका छन् । थप सदस्यहरु कार्यसमितिको बैठकबाट थप गरिन्ने जनाइएको छ ।
उपस्थित भेलामा युवा मञ्चको केन्द्रीय अध्यक्ष भूपेन्द्र खुदाङ, उपाध्यक्ष प्रज्ञा इजम, महासचिव शुसन चोङबाङ, सचिव मोहन मादेन लगायत ललितपुरबासी युवाहरुको उपस्थिति रहेको थियो ।
याक्थुङ युवा मञ्चको १० वटा जिल्ला कार्यसमिति र ६ वटा नगर तथा गाउँपालिका शाखाहरु विस्तार भइसकेको छ ।