लोक सेवा तयारी गरिरहेको लिम्बू युवाहरुलाई अभिमुखिकरण कक्षा सम्पन्न

फाल्गुन ८, ललितपुर । लोक सेवा तयारी गरिरहेको लिम्बू युवाहरुलाई १ दिने परिक्षा तयारी सिप विकासको अनुभव सियरिङ सञ्चालन गरिएको छ । फाल्गन ८ गते चुम्लुङहिम ललितपुरमा सम्पन्न अनुभव सियरिङ कक्षामा करिब २ दर्जन परिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
परिक्षा तयारी सिप विकासको अनुभव सियरिङ कक्षामा उपसचिव गोमादेवी चेम्जोङ, अधिकृतहरु विक्रम सम्बाहाङ्फे, सौगात सम्बाहाङ्फे र नायब सुब्बा सम्झाना लिङदेनले परिक्षा फेस गर्ने आवश्यक तयारीको बारेमा चर्चा गर्नु भएको थियो । र वहाँहरुको अनुभवहरु सियर गर्नु भएको थियो ।
यो कार्यक्रमलाई याक्थुङ युवा मञ्च, किरात याक्थुङ चुम्लुङ र लिम्बू विद्यार्थी मञ्चले संयुक्त आयोजना गरेको थियो । याक्थुङ युवा मञ्चले आफ्नो संस्थाको उद्देश्य अनुरुप मुख्य रुपमा युवाहरुलाई राज्य संयन्त्रमा धेरै भन्दा धेरै प्रवेशको लागि यस्ता कार्यक्रमहरु निरन्तर अगाडि बढाउँदै आइरहेको छ । यो कार्यक्रमलाई सशक्त बनाउनको लागि नियमित गर्दै र जिल्ला तथा नगर, गाउँपालिका स्तरसम्म विस्तार गरी लैजाने संस्थाको उद्देश्य रहेको छ ।
लोक सेवा केन्द्रित कार्यक्रमलाई नियमित र व्यवस्थित गर्दै विस्तार गर्नको लागि लिम्बू समुदायमा काम गर्दै आइरहेको विभिन्न संस्थाहरु चुम्लुङ, याक्थुङ युवा मञ्च, लिम्बू विद्यार्थी मञ्च र थरगत संस्थाहरुले सञ्चालक समिति र कोष निर्माणको छलफलहरु अगाडि बढाइरहेको छ । ०

तपाईको प्रतिक्रिया