याक्थुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिवेशन सम्पन्न

साउन १२, ललितपुर । ललितपुर चुम्लुङहिममा साउन १२ गते याक्थुङ युवा मञ्च जिल्ला कार्य समिति काठमाडौंको दोस्रो अधिवेशनले पुन ः ऋतुराज तेयुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्ष असन लिम्बू, महिला उपाध्यक्ष सङ्गीता सुहाङ, सचिव विजय खुदाङ, सहसचिव मुक्ती लिम्बू, कोषाध्यक्ष बिनु खापुङ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बिनु लक्सम, प्रतीक्षा खापुङ, सामोएल सोदेम्बा, सबिन लिम्बू, मनिस आङ्बो गरी जम्मा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् । विद्यानत १७ सदस्यीय जिल्ला कार्यसमिति रहने व्यवस्था छ । बाँकी निर्वाचित कार्य समितिले मनोनित गर्ने जानकारी दिएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा सयुक्त राष्ट्रसङ्घ आदिवासी मामिला स्थायी समिताका उपाध्यक्ष तथा एसिया प्रतिनिधि फुलमान चौधरीको प्रमुख आथित्य तथा मञ्चका काठमाडौँ जिल्ला अध्यक्ष ऋतुराज तेयुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साउन ५ र ६ गते सम्पन्न सिसेक्पा कप फुटसल प्रतियोगिताको विजेता ताप्लेजुङ काठमाडौँ युवा मञ्चलाई नगद रु ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेता लिम्बू विद्यार्थी मञ्चलाई नगद रु १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फुलमान चौधरीले नेपालको सवालमा आदिवासी जनजातीहरु पछि पर्नुको कारण राजनैतिक हैसियत नराख्नु नै रहेको बताउदै युवाहरुलाई आर्थिक राजनैतिक र सामजिक विकासको लागि सचेत हुन आग्रह गर्दै सयुक्त राष्ट्र सङ्घ युवाहरुसँग मिलेर काम गर्न तयार रहेको बताए । कार्यक्रममा प्रमुख अथिति चौधरीले लिम्बु केलाङ बाजाएर औपचारिक सुरु गरिएको थियो ।०

तपाईको प्रतिक्रिया